२०८० भदौ १८ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो ।
मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो । भोलिपल्ट बिहानै बालेनको पुत्रीलाभको खबर सार्वजनिक गर्यो । बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तान लाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो । पछि स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थप्यो । स्रोतका अनुसार विवादमा परेपछि रुटिनले पेज बन्द गरेको हो । बालेन र भिक्टर नजिकका साथी हुन् ।


