२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकारले १ सय रोपनी जग्गा उपलब्ध गराए महानगर रंगशाला बनाउन पहल गर्छ :  बालेन शाह


सञ्चार डबली
  • मंगलबार, भदौ १९ २०८०
  • 8.3K
    SHARES

  • images
    सरकारले १ सय रोपनी जग्गा उपलब्ध गराए महानगर रंगशाला बनाउन पहल गर्छ :  बालेन शाह


    काठमाडौ, १९ भदौ ।  क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगर रंगशाला बनाउन पहल गर्ने बताएका हुन् ।

    उनले लेखेका छन् ,‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ ।’उनले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend