२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

वैदेशिक रोजगारमा जाने युवाहरुको समस्या र गुनासो निकै नै दुःख लाग्दोछ : अध्यक्ष लिङदेन


सञ्चार डबली
  • सोमबार, भदौ १८ २०८०
  • 8.7K
    SHARES

  • images
    वैदेशिक रोजगारमा जाने युवाहरुको समस्या र गुनासो निकै नै दुःख लाग्दोछ : अध्यक्ष लिङदेन

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्ययोजना बनाउनु पर्ने बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद लिङदेनले विमानस्थलमा हुने अभद्र व्यवहारमा पनि सुधार हुनुपर्ने बताए । उनले भने ‘ विमानस्थलमा हुने अभद्र व्यवहारमा सुधार हुनुपर्छ । ती बैदेशिक रोजगारमा जाने युवाहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले कार्ययोजना बनाउनु पर्छ ।

    सांसद लिङदेनले वैदेशिक रोजगारमा जाने युवाहरुको समस्या र गुनासो निकै नै दुःख लाग्दो भएको बताए । युवाहरुको विषयमा सरकार गम्भीर हुनुपर्ने र यसको लागि विशेष कमिसन गठन गर्नु पर्ने उनको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend