२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुनुपर्छ : नैनसिंह महर


सञ्चार डबली
  • आइतबार, भदौ १७ २०८०
  • 8.4K
    SHARES

  • images
    सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुनुपर्छ : नैनसिंह महर


    काठमाडौ, १७ भदौ । सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिएका छन्।

    'सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ। प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको घरमा पुग्नुपर्छ। मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ। लम्पीस्किनबाट ग्रसित किसानका गोठमा भ्याक्सिन पुग्नुपर्छ। महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ। राष्ट्रियताका सरकारले चट्टानी अडान राख्नु पर्छ ।नत्र जनता आफैँले सरकारको विकल्प खोज्ने छन्। कांग्रेस सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा अब छैन, महरले भने। उनले सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै जनतालाई सत्यताबारे प्रस्ट पार्न सक्नुपर्ने बताएका छन्।

    कांग्रेस जनताको पार्टी भएकाले जनभावना विपरीतका कुनै कार्य स्वीकार्य नहुने उनले बताए। 'कांग्रेस जनताको पार्टी हो। सधैँ जनताकै साथमा छ। सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके यसको विकल्प खोज्न हामी बाध्य हुने छौं। सरकारलाई विस्थापित गर्नुपर्ने अवस्था आउन सक्छ। तर, हाम्रो चाहना सरकार जनताप्रति जिम्मेवार बनोस्, सुध्रियोस् भन्ने छ,' उनले भने।

    सामाजिक रुपान्तरणमा पनि मुलुकमा कांग्रेसले अहम् भूमिका निर्वाह गर्दै आएको महरको दाबी छ। 'शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछुत अन्त्य, भूमि सुधार लागू,समावेशी सिद्धान्त अनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोग जस्ता आयोगको गठनमा कांग्रेसको अहम् भूमिका छ,' उनले भने, 'पछाडि पारिका वर्गका लागि संवैधानिक व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ। अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्छ।'

    कांग्रेस जिल्ला समिति नवलपुरले आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश माहमन्त्री बिष्णु लामिछानेलगायतले पनि सरकार सच्चिनु पर्ने धारणा राखेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend