२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिन्धुपाल्चोकमा कार दुर्घटना : दुई जनाको मृत्यु


सञ्चार डबली
  • आइतबार, भदौ १७ २०८०
  • 10.1K
    SHARES

  • images
    सिन्धुपाल्चोकमा कार दुर्घटना : दुई जनाको मृत्यु


    काठमाडौं, १७ भदौ । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका– ७ स्थित ५ किलोमा भएको सो दुर्घटनामा थप चार जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार बा १५ च ९३७० नम्बरको कार शनिबार राति २ बजेतिर दुर्घटनामा परेको थियो । उनका अनुसार लामोसाँघु–जिरी सडकखण्डको पाँच किलोमा दुर्घटनामा परेको सो सवारी तीन सय मिटर तल खसेको थियो ।

    सो दुर्घटनामा परी रामेछाप उमाकुण्ड गाउँपालिकाका ३६ वर्षीय उत्तम महर्जन र बाह्रबिसे नगर घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।सो दुर्घटनामा परी घाइते भएका चार जनालाई लाई उपचार्थ धुलिखेल अस्पताल ल्याईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend