२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौं महानगरलाई फिल्म सिटीको रुपमा विकास गर्न  पहल गरेकाछौं : सुनिता डंगोल


सञ्चार डबली
  • शनिबार, भदौ १६ २०८०
  • 10.4K
    SHARES

  • images
    काठमाडौं महानगरलाई फिल्म सिटीको रुपमा विकास गर्न  पहल गरेकाछौं : सुनिता डंगोल


    काठमाडौं, १६ भदौ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललेकाठमाडौं महानगरलाई फिल्म सिटीको रुपमा विकास गर्न आवश्यक पहल थालिएको दाबी गरेकी छिन् ।

    नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सुन्दरता, कलाकृति, परम्परा र मुर्त अमुर्त सम्पदालाई फिल्मको माध्यमबाट देखाउने हेतुले महानगरलाई ‘क्रियटिभ सिटिज अफ फिल्म’को रुपमा ब्राण्डिङका लागि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)मा सिफरीस गरिएको जानकारी दिइन् ।

    ‘सुरुदेखि नै बोल्दै आएको र अहिले हामीले एउटा काम पनि गर्न लागेका छौं। फिल्म क्षेत्र चाहे त्यो नाटकको माध्यम होस् अथवा हामीले हेर्ने थिएटर मुभिहरु हुन् । हरेक मुभिहरुलाई बोल्ने पाटोको रुपमा लग्नुपर्छ भनेर काठमाडौं महानगरपालिकाले युनेस्को क्रियटिभ सिटिज नेटवर्क भनेर छ । जहाँ सातवटा क्षेत्रको विभिन्न सात विधामा युनेस्को क्रियटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न सहरहरु त्यो नेटवर्कमा बस्ने गर्दछ ।’ उनले थपिन, ‘हामीले काठमाडौंलाई क्रियटिभ सिटिज अफ फिल्म भनेर अगाडि बढाउँन प्रपोज गरेका छौ ।’ उनले युनेस्कोमा प्रस्ताव पठाएकाले सकारात्मक रिजल्ट आउने अपेक्षा गरेको भन्दै महाननगरपालिकाले यस पटकको नीति कार्यक्रममा समेत फिल्म क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाएको उल्लेख गरिन ।

    २०२४ सम्ममा फिल्म क्षेत्रको विकासका लागि ठोस निर्णय हुने भन्दै उनले भनिन्,‘महानगरपालिकाको नीति, कार्यक्रकम र बजेट बनाइरहँदाखेरी केमा ध्यान दियौं भने काठमाडौंको सुन्दरता,कला, हाम्रो रितिरीवाज,मूर्त अमूर्त सम्पदाहरु देखाउने माध्यम माध्यम फिल्म हो भनेर हामीले यसरी सोकेस गर्दैछौ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend