२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

उपनिर्वाचन जारीः कुन क्षेत्रमा कति मत खस्यो ?


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 9.0K
    SHARES

  • images
    उपनिर्वाचन जारीः कुन क्षेत्रमा कति मत खस्यो ?


    काठमाडौं, बैशाख १० गते । प्रतिनिधि सभा सदस्यमा रिक्त रहेका तीन वटा क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । आज बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा मतदान भइरहेको छ।बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

    चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ। आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिएका छन् ।

    त्यसैगरी तनहुँ निर्वाचन क्षेत्र नं १ मा ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो ।

    त्यस्तै बारा क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा ४५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार ४५ प्रतिशत मत खसेको हो ।

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन जारीः
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend