२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 8.1K
    SHARES

  • images
    सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल


    काठमाडौं, १३ भदौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतकोसमितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गरेका छन् । आज सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच समितिका कामकारबाही र विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको छ ।

    छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खान, कानून, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी र महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह सहभागी थिए ।

    छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भने उपस्थित भएनन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend