२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जान्छ : अध्यक्ष ओली


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 8.4K
    SHARES

  • images
    संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जान्छ : अध्यक्ष ओली

     

    काठमाडौ, १३ भदौ । संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको भन्दै संसदबाट अनुमोदन भईसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका हुन् ।

    उनले भने,‘एमसीसी कार्यान्वयनमा जान्छ नै। संसदबाट नै अनुमोदन गरेको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो छ । झुटको खेस्रो उहाँहरुले जनतालाई दिएको धोका मात्र हो, संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो ।’

    उनले तत्कालीन सरकारले सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली जनता र संसदलाई धोका दिएको भन्दै भने,‘सरकारले त्यति बेला नेपाली जनतालाई झुट बोलेर धोका दिएको हो ।नेपाली संसदसँग बेईमानी गरेको हो १२ बुँद्दे व्याख्यात्मक घोषणा त्यस सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीले र परराष्ट्र मन्त्रीले एमसीसीले तानिसकेको छ यो सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली संसदलाई धोका दिनुभयो र पास गर्नुभयो ।’

    अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड आफैमा एउटा समस्या भएको भन्दै समस्या खडा गरेर स्वार्थको लागि समाजलाई विथोल्न खोजेको आरोप लगाए । उनले भने,‘पुष्पकमल जी समस्या हो, समस्याले समस्या भइहाल्छ, उहाँले समस्या खडा गर्नुभएको छ र समाजलाई विथोल्न खोज्दैहुनुहुन्छ सानो संकिर्ण स्वार्थ राखेर सत्ता पक्षले झुट बोलिरहेको छ । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend