२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

भ्रष्टाचार काण्डमा दोषी बचाउने काम भएको छैन : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 8.9K
    SHARES

  • images
    भ्रष्टाचार काण्डमा दोषी बचाउने काम भएको छैन : प्रधानमन्त्री दाहाल

     

    काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी बचाउने काम नभएको बताएका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै उनले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको बताए ।

    प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने आफूले प्रहरीलाई बताएको उनले जानकारी दिए । नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका प्रकरणमाथि भइरहेको छानबिन र कारबाही प्रक्रियाले जनतामा उत्साह बढाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend