२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चीन भ्रमणको क्रममा नयाँ सीमा नाका खोल्न पहल गर्नेछु : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 9.3K
    SHARES

  • images
    चीन भ्रमणको क्रममा नयाँ सीमा नाका खोल्न पहल गर्नेछु : प्रधानमन्त्री दाहाल


    काठमाडौं, १२ भदौ । आफ्नो चीन भ्रमणको क्रममा नयाँ सीमा नाका खोल्न पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता जनाएका छन् ।

    आज संसदमा सांसदहरुले गरेको प्रत्यक्ष प्रश्नोतरमा प्रस्तुत भएका दाहालले सांसद उदय संशेर जवराले गरेको प्रश्नको उत्तर दिदै आफ्नो आसन्न चीन भ्रमणमा यसअघि दुई देशको बीचमा भएको विविध सम्झौतालाई कार्यान्वयन गर्न पहल गर्ने र दुई देशबीचको सीमानाका सञ्चालनलाई प्रभावकारी बनाउनेतर्फ जोड दिने बताएका हुन् ।

    त्यस्तै उनले आफ्नो भ्रमण सामाजिक आर्थिक रुपले फलदायी हुने बताए । उनले नेपालको सामाजिक आर्थिक सम्बन्धलाई थप उचाइमा पु¥याउने गरी चीन भ्रमण प्राथमिकतामा रहेको उल्लेख गरे ।

    उनले भने, ‘मेरो चीन भ्रमण दुई देश बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासको लागि चीन नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रीत रहने छ ।’

    त्यस्तै उनले नेपाल र चीन बीचको व्यापारिक र आर्थिक पक्षलाई जोड दिदै सीमा नाकाको सञ्चालनमा जोड दिने उल्लेख गरे । ‘भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइने छ । नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्ध थप सघन बनाई दुई देश बीच भएका सीमानाकाहरुको सञ्चालनमा प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषयहरु भ्रमण कार्यसूचीमा रहेको छ,’ उनले भने ।

    उनले आफ्नो भ्रमणमा सडक, उर्जा, व्यापार, कृर्षि , स्वास्थ्य र शिक्षाको क्षेत्रमा रुपान्तरणकारी परियोजनाहरुमा चीनको सहयोग विस्तारको विषयलाई प्राथमिकतामा राखेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend