२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गल्फमा नेपाली कामदारहरुको अवस्था दयनीय रहेको छ : अध्यक्ष लिङदेन


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 9.9K
    SHARES

  • images
    गल्फमा नेपाली कामदारहरुको अवस्था दयनीय रहेको छ : अध्यक्ष लिङदेन


    काठमाडौं, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कामदारहरु ठूलो समस्यामा भएको बताएका छन् । आज साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईको साताव्यापी भ्रमण सकेर स्वदेश फर्कदै गर्दा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङदेनले नेपालीहरु ठूलो समस्यामा रहेको बताएका छन् ।

    ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता अत्यन्त कमजोर भएको र सरकारले यो कुरामा गम्भीर हुनुपर्ने उनको भनाई छ । उनले भने ‘ सप्लाईको क्रममा जाने कामदारहरुले धेरै दुःख पाएको पाईयो । घरेलु काममा जाने महिलाहरु पीडित र दुःखमा रहेको अवस्था छ । त्यो संँग संँगै यो भिजिट भिसामा जाने मानिसहरु ठूलो समस्यामा रहेछन् । त्यति धेरै ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता भने अत्यन्त कमजोर देखियो । ’

    साउदी अरेबियाले मात्र ४० करोड भन्दामाथि रेमिट्यान्स पठाउने तर हाम्रो कामदारहरुको अवस्था भने दयनीय रहेको उनको भनाइ छ । अध्यक्ष लिङदेनले यो सबै दिल्लीमा भएको १२ बुँदे सहमति र त्यसले तय गरेको मार्गचित्रका साथै सरकारको उदासिनता एवं धर्मनिरपेक्षताको दुष्परिणाम भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend