२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अर्थतन्त्रमाथि भएको अहिलेको दवावको अन्त्य भएको छैन :  प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 10.9K
    SHARES

  • images
    अर्थतन्त्रमाथि भएको अहिलेको दवावको अन्त्य भएको छैन :  प्रधानमन्त्री दाहाल

     

    काठमाडौ, १२ भदौ । सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज काठमाडौंमा आयोजित उपत्यका विशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा ठूलो दवाव भएको बताएका छन् ।

    प्रधानमन्त्री दाहालले भने ‘ अर्थतन्त्रमाथि भएको अहिलेको दवावको अन्त्य भएको छैन् । नेपाल अहिले पनि कतिपय सन्दर्भमा निकै ठूलो दवावमा छ । अर्थतन्त्र त्यति चलायमान भएको छैन । सरकार र सरकारको नीतिप्रति, व्यवसायीहरु ढुक्क हुन सकेका छैनन् । ’ उनले आम जनतालाई विश्वासमा लिने आवश्यकता अझै पनि बाँकी भएको बताए ।

    नेपालमा पछ्याएको विकासको मोडल पनि फेल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भने ‘ नेपालले पछ्याईरहेको विकासको मोडल अन्तर्गत १६ औं मोडलमा छौं तर यो फेल भएको मोडल हो । यसले अग्रगति दिन सकेन, देशको अर्थतन्त्रमा यसले रुपान्तरण ल्याउन सकेन । यसमा आमूल परिवर्तन आवश्यक छ । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend