२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पोर्चुगलबाट एनआरएनए सह कोषाध्यक्षमा गैरेद्वारा उम्मेदवारी घोषणा


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 8.1K
    SHARES

  • images
    पोर्चुगलबाट एनआरएनए सह कोषाध्यक्षमा गैरेद्वारा उम्मेदवारी घोषणा


    काठमाडौं, १२ भदौ । पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आईसिसि सह–कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी १७–२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३–२५ कार्यकालका लागि उनले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    नेपाली नारी समाज र महिला समाज पोर्चुगलले लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक (डिआरसी) रहेका छन् ।

    पोर्चुगलमा कृषि व्यवसाय र नेपालमा विभिन्न व्यवसायमा संलग्न गैरेले सयौं नेपाली लगायत श्रमिकहरुलाई रोजगारी दिएका छन् । गैरेको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा ठुलो लगानी रहेको छ ।

    गैरे १५ बर्षदेखि एनआरएनएको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका व्यक्ति हुन् । गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिती संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् भने हाल युरोप क्षेत्रको उपसंयोजकको रूपमा क्रियाशील रहेका छन् ।

    गैरेले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्धता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन २०२३–२५ कार्यकालको लागि आईसिसि सह कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

    संघमा उनले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी आफूलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन सम्पुर्ण अभियन्ता र गैर आवासीय नेपालीहरुमा आग्रह गरेका छन् । गैरेले एनआरएनए अग्रज, अभियन्ता, शुभचिन्तक र गैर आवासीय नेपालीहरुको सहयोग, सद्भाव, समर्थनको लागि आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend