२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यूएईबाट एनआरएनएः मध्यपूर्व युवा संयोजकमा सिलवालको उम्मेदवारी


सञ्चार डबली
  • सोमबार, भदौ ११ २०८०
  • 10.0K
    SHARES

  • images
    यूएईबाट एनआरएनएः मध्यपूर्व युवा संयोजकमा सिलवालको उम्मेदवारी

     

    काठमाडौ, ११ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि मध्यपुर्व युवा संयोजकमा एनआरएनए यूएईका निवर्तमान उपाध्यक्ष निरन्जन सिलवालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

    आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि सिलवालले यूएईमा एक कार्यक्रमसहित जुममार्फत पत्रकार सम्मेलन गरी मध्यपुर्व युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन ।

    एनआरएनए यूएईका उपाध्यक्ष तथा १५ महिना एनसीसीको कार्यवाहक अध्यक्ष भएर काम गरेको र बिगतमा एनआरएनए, यूएईका बिभिन्न पदमा रहेर गरेको कार्य अनुभवका आधारमा युवा संयोजकका उम्मेदवारी घोषणा गरेको सिलवालले बताए । आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका सिलवालले एनआरएनए अभियानमा युवा पुस्ता तथा श्रमिकको आवाज बुलन्द बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन ।

    उक्त घोषणा सभामा बोल्दै एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका सिलवाललाई अग्रिम बधाई दिदै सफलताको शुमकामना समेत ब्यक्त गरे ।

    नेपाल पत्रकार महासंघ, यूएई च्याप्टरका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार लक्ष्मण खनालले संचालन गरेको उक्त घोषणा सभामा मध्यपुर्व उपसंयोजक राजु के।सी।, एनआरएनए आईसीसी सदस्य पुष्कर सापकोटा, सुजन सापकोटा, मणी भुर्तेल, एनसीसी युएईका अध्यक्ष विकास शाही, जनसम्पर्क समिति सभापती भुवानी प्रसाद तिमिल्सिना, जनप्रगतिशिल मञ्च अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्च अध्यक्ष टक बहादुर गुरुङ,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,पत्रकार उमाकान्त पाण्डे लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले सफलताको शुभकामना दिदै विश्वभर रहेका नेपालीलाई सहयोग गरेर विजयी गराउन अनुरोध गरेका छन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend