२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आर्थिक रुपान्तरण भए मात्रै राजनीति परिवर्तनको औचित्य पुष्टि हुन्छ : नारायणकाजी श्रेष्ठ


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 9.1K
    SHARES

  • images
    आर्थिक रुपान्तरण भए मात्रै राजनीति परिवर्तनको औचित्य पुष्टि हुन्छ : नारायणकाजी श्रेष्ठ

    काठमाडौं, १० भदौ । सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तिव्र पारे मात्र राजनीति परिवर्तनको औचित्य पुष्टि हुने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज पर्सा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै उनले देशलाई स्वाधीन, समृद्ध बनाए मात्र राजनीतिक परिवर्तनलाई सदुपयोग गरेको पुष्टि हुने बताएका हुन् ।

    उनले भने, ‘राजनीति परिवर्तनको औचित्य पुष्टि गर्न राजनीतिक परिवर्तनको रक्षालाई सुदृढ गर्न हामीले समामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तिव्र पार्न पर्छ । र नेपाललाई स्वाधिन सुन्दर देश र समृद्ध देश बनाउनु पर्छ तव हामीले यो राजनीतिक परिवर्तनलाई सदुपयोग गरेको पुष्टि हुन्छ । ’उनले सरकाको मिसन नै सुशासन समृदी र सामाजिक न्याय भएको दाबी गरे ।

    भ्रष्टाचार र अपराधको प्रभावकारी नियन्त्रण र आपराधिक क्रियाकलापमा संलग्नमाथि कारबाहीको प्रक्रिया थालेर देशमा शुसासन कायम गर्ने काममा सरकार लागेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend