२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन तस्करीको घटना लुकाउन गिरिबन्धु टी स्टेट भ्रष्टाचारको आरोप लगाइयो : अध्यक्ष ओली


सञ्चार डबली
  • बिहीबार , भदौ ७ २०८०
  • 11.4K
    SHARES

  • images
    सुन तस्करीको घटना लुकाउन गिरिबन्धु टी स्टेट भ्रष्टाचारको आरोप लगाइयो : अध्यक्ष ओली

     

    काठमाडौं, ७ भदौ । सुन तस्करीको भ्रष्टाचार लुकाउ आफूलाई गिरिबन्धु टी स्टेटको भ्रष्टाचारको आरोप लगाएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।आज काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले पहिले नै ७० बिगा जग्गा बेचेकोमा उनले आफ्नो सरकार हुँदा कानून बिना बेच्न पाईदैन् भनेर कानून बनाउदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउँन आफूलाई आरोप लगाइएको उनको भनाई छ ।

    अध्यक्ष ओलीले भने, ‘१०० केजी ५१ मा झ¥यो । साढे ९ केजी कतिमा झर्यो थाहा छैन । यति मजाक गरिरहन भ्रष्टाचारको यसको खालको कुरालाई लुकाउन गिरिबन्धु टी स्टेट झापामा छ त्यसमा खायो केपी ओलीलले गिरिबन्धु टी स्टेट छ झापामा त्यो मेरो होईन् गिरि बन्धुको हो २१ सालदेखी छ । पहिले नै ७० बिगा पटकपटक गरेर बेचेको थियो उहाँहरुकै सरकारले म आएपछि कानून बिना बेच्न हुँदैन भनेको थिए । कानून बनाईदिए भ्रष्टाचार भयो रे ।’

    अध्यक्ष ओलीले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरेका छन् । नेकपा एमाले देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व भएकाले दुई किलो सुन दुई गट्टा रुपैयाँमा नबिक्ने उनको भनाई छ ।

    ध्यक्ष ओलीले भने, ‘उता चिल आयो भन्ने एता कुखुरा लाने गरेर झुटा हल्ला फिजाएको छ। यस्ता झुटा सूचनालाई कुनै आधार नमान्नु होला । देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व हो देश बदल्छु भनेर ज्यान दिन गोली खान, जेलमा मर्न तयार भएको नेतृत्व हो । दुई तोला सुन दुई गट्टा रुपैयाँ, यस्ता कुरामा बिक्ने वाला छैन् यो बिक्ने ज्यान होइन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend