२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 671
    SHARES

  • images
    परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

    परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ ।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताका दौरान श्रीलंकाका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

    दुई मन्त्रीहरूले नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए । भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकामा श्रीलंका सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरे ।

    भेटमा दुवै मन्त्रीले नेपाल–श्रीलंका मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गरेका थिए ।

    उनीहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend