२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य


सञ्चार डबली
  • बिहीबार , भदौ ७ २०८०
  • 8.9K
    SHARES

  • images
    कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

     

    काठमाडौ, ७ भदौ । कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको तेस्रो अधिवेशनको अन्त्य गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार संविधानको धारा १८३ को उपधारा २ बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

    प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकपछि भएको सिफारिसका आधारमा चालु अधिवेशन अन्त्य भएको जनाइएको छ ।

    गत असार १४ गते सुरू भएको तेस्रो अधिवेशन पाँचवटा बैठक बसेर अन्त्य भएको छ । असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो । त्यसयता डेढ महिनापछि भदौ १ गते बसेको बैठकले गत जेठ ३२ गते अध्यादेशबाट ल्याएको बजेट अस्वीकृतिको सूचना फिर्ता लिएर स्वीकृतिको प्रस्ताव पारित गरेको थियो ।

    कार्की नेतृत्वको सरकार ढलेपछि मुख्यमन्त्री बनेका उद्धव थापाले भदौ ४ गतेको बैठकमा विश्वासको मत लिएका थिए । बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत बराबरी भएको अवस्थामा मुख्यमन्त्री थापालाई मत दिएका थिए ।

    बैठकको अध्यक्षता गरेको व्यक्तिबाट मतदान हुनुलाई असंवैधानिक कार्य भन्दै प्रतिपक्ष नेकपा एमाले र राप्रपाले बुधबार भदौ ६ गते बुधबारको बैठक बहिस्कार गरेका थिए । त्यसपछि संसद बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

    भदौ १० गतेसम्म बजेटको प्रतिस्थापन विधेयक प्रदेश सभाबाट पारित गरेर प्रमाणीकरण नभए ११ गतेदेखि बजेट शून्यताको स्थिति आउने भएकाले यसअघि अध्यादेशबाट ल्याइएको बजेट खारेज गरेर पुनः अध्यादेशबाट बजेट ल्याउने प्रयोजनका लागि प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend