२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत विरुद्ध एमाले सर्वोच्च अदालत जाँदै


सञ्चार डबली
  • बुधबार, भदौ ६ २०८०
  • 8.5K
    SHARES

  • images
    कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत विरुद्ध एमाले सर्वोच्च अदालत जाँदै


    काठमाडौं, ६ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत अवैधानिक मान्दै नेकपा एमाले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउँदै छ । संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।

    एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतको विरोधमा मुद्दा आज दर्ता गराउने जानकारी यसअघि नै दिईसकेका छन् । ‘हाम्रो कानुनी लडाइँ र संसद्भित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जादैँछौं’ उनले भने ।

    यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भए पछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले त्यसलाई मान्यतालाई खारेज गरेको थियो ।

    पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिँदा सभाध्यक्षको मतसमेत जोडे पछि एमाले फेरी पनि सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend