२०८३, कात्तिक ३० गते

images
Logo

Nov 16 2026 | २०८३, कात्तिक ३० गते

images
  • सोमबार, कात्तिक ३० २०८३

दुर्घटना बढेपछि बल्खु–दक्षिणकाली–हेटौँडा सडकखण्डमा राति सवारीसाधन चलाउन राेक


सञ्चार डबली
  • शनिबार, कात्तिक २८ २०८३
  • 2.1K
    SHARES

  • दुर्घटना बढेपछि बल्खु–दक्षिणकाली–हेटौँडा सडकखण्डमा राति सवारीसाधन चलाउन राेक

    बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने सडकखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको हो ।

    अब काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन बेलुका ८ बजे सम्ममा प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ ।

    “बिहान ५ बजेपछिमात्र बल्खुबाट उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवं सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्नेछ यात्रुवाहक भाडाका एवं सार्वजनिक सवारीसाधनहरुको अवस्थाको । पूर्ण रुपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्नुपर्नेछ । साँघुरा सडक खण्ड, यान्त्रिक अवस्था ठिक नरहेका सवारी साधनहरूको प्रयोग, सवारी चालकहरुको लापरवाही, तीव्र गति, भिरालो र घुम्तीयुक्त सडक, रातको समयमा अध्यारो सडकमा यात्रा गर्दा सर्वसाधारण यात्रु एवं सवारी चालक र सवारी साधन समेतको जोखीम उच्च रहेको छ,” जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकाल्दै भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend