२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

फ्रिज चोरेर भाग्दै गर्दा गेटमा अड्किए चोर, प्रहरीले गर्‍यो उद्धार


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 891
    SHARES

  • फ्रिज चोरेर भाग्दै गर्दा गेटमा अड्किए चोर, प्रहरीले गर्‍यो उद्धार

    काठमाडौं । विराटनगरको फिलचोकमा रहेको एक घरबाट फ्रिज चोरेर भाग्न खोज्दा गेटमाथिको फलामे किलामा अड्किएका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ।

    सुनसरीको दुहबीमा बस्दै आएका विकास झा चोरी गरेर भाग्ने क्रममा गेटमा अड्किएका हुन्। सामान डेलिभरी गर्ने कम्पनी ‘उपया’को कार्यालय भवन राति खाली रहेको मौका छोपेर उनी भित्र पसेका थिए।

    झाले घरभित्रबाट फ्रिज बोकेर गेटसम्म ल्याएका थिए। फ्रिजलाई गेटमाथिबाट बाहिर निकालेर भाग्न खोज्दा उनको लुगा फलामे किलामा अड्किएको थियो। त्यसपछि उनी गेटबाट ओर्लन नसकी रातभरि त्यहीँ अलपत्र परेका थिए।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कविद कटुवालका अनुसार बिहान उज्यालो भएपछि स्थानीयले उनलाई गेटमा अड्किएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर उनको उद्धार गरेको थियो।

    प्रहरीका अनुसार झा घाइते अवस्थामा फेला परेका थिए। उनी लागूऔषधको नशामा समेत रहेको प्रहरीले जनाएको छ। हाल उनको कोशी अस्पतालमा उपचार भइरहेको छ। उपचारपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।  

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend