२०८३, कात्तिक १६ गते

images
Logo

Nov 02 2026 | २०८३, कात्तिक १६ गते

images
  • सोमबार, कात्तिक १६ २०८३

करदाता प्रोत्साहनः ४०० रुपैयाँको तेल किनेका गौरीशंकरले जिते बम्परमा १० लाख


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 858
    SHARES

  • करदाता प्रोत्साहनः ४०० रुपैयाँको तेल किनेका गौरीशंकरले जिते बम्परमा १० लाख

    काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरेको  छ।

    बम्पर पुरस्कार कुपन नम्बर ०९८०४६५५८१७५ रहेका धनुषाका गौरीशंकर पण्डितले जितेका छन्। उनले ललितपुरको बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किन्दा करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ जितेका हुन्।

    उनले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए। उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए।

    1793599864_number-1200x560-1793603748.jpg
    त्यस्तै अन्य १५ जनाले एक/एक लाख रुपैयाँ पुरस्कार जितेका छन्। 

    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको सहभागिता रहेको थियो। कार्यक्रमस्थलबाटै १० लाख रुपैयाँको बम्पर उपहार जित्ने उपभोक्तालाई प्रत्यक्ष टेलिफोन सम्पर्क गरिएको थियो।

    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा  नेपाली क्रिकेटरहरु ललित राजवंशी, लोकेस बम र दिलिप नाथले संयुक्त रुपमा कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमको विजेता छनोट गरे। उपहार घोषणापछि खेलाडीलाई कार्यक्रममा उपस्थित भएकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेटेर धन्यवाद दिए।
    पुरस्कारबारे सुरुमा अनविज्ञ रहेका ती विजेताले आफू नेपाल प्रिमियर लिग (एनपीपएल) मा ‘जनकपुर बोल्ट्स’को समर्थक रहेको बताएका थिए। संयोगवश कार्यक्रममै उपस्थित जनकपुर बोल्ट्स तथा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललितनारायण राजवंशीले विजेतासँग फोनमा कुराकानी गर्दै बधाइ दिए। 

    1793599942_WhatsApp-Image-2026-11-02-at-11_43_45-AM-1793603771.jpeg
    १० लाख जित्ने उपभोक्तालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाई दिएका थिए।

    आफ्नै टोलीका खेलाडीबाट १० लाखको पुरस्कार जितेको खबर पाएपछि उत्साहित बनेका ती विजेताले पुरस्कार रकमले आफ्नो घर बनाउने खुसी व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend