२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

टाटा गुरुहरुकालागी टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि सुरु


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 308
    SHARES

  • टाटा गुरुहरुकालागी टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि सुरु

    काठमाडौं । नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति टाटा गुरुहरुको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ आजदेखि सुरु भएको छ।

    आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुने उक्त ६ दिने प्रशिक्षण कार्यक्रम देशका विभिन्न १४ स्थानमा आयोजना हुँदैछ। कार्यक्रमअन्तर्गत हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा रटाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङरघोराही र वीरगञ्जमा तालिम सञ्चालन गरिनेछ।

    कार्यक्रममा टाटा कमर्सियल गाडीका प्राविधिक तथा इलेक्ट्रिसियन टाटा गुरुहरूलाई लक्षित गरी आधुनिक सवारी प्रविधि तथा BS-6 (भारत स्टेज–६) सवारी प्रविधिसम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गरिनेछ।

    प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ सिस्टमसम्बन्धी विषयहरू समेटिएका छन्। साथै, BS-6 इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ECU र एक्टुएटरको कार्यप्रणालीबारे पनि जानकारी प्रदान गरिनेछ।

    त्यसैगरी, सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत SCR तथा LNT सिस्टमको परिचय, तिनका विभिन्न कम्पोनेन्टको पहिचान र कार्यप्रणाली, सिस्टमको सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोग गरी प्राविधिक समस्या पहिचान र निदान गर्ने विषयमा समेत प्रशिक्षण दिइनेछ।

    यस कार्यक्रमले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्ति गुरुहरुलाई आधुनिक सवारी प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्राविधिक जनशक्तिको क्षमता विकास, नवीनतम सवारी प्रविधिसम्बन्धी ज्ञानको विस्तार तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले यो कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend