२०८३, कात्तिक १५ गते

images
Logo

Nov 01 2026 | २०८३, कात्तिक १५ गते

images
  • आइतबार, कात्तिक १५ २०८३

एनपीएलको आधिकारिक राइड-हेलिङ पार्टनर बन्यो ‘इनड्राइभ’


सञ्चार डबली
  • आइतबार, कात्तिक १५ २०८३
  • 682
    SHARES

  • एनपीएलको आधिकारिक राइड-हेलिङ पार्टनर बन्यो ‘इनड्राइभ’

    काठमाडौं । मोबिलिटी तथा डेलिभरी सेवा प्रदान गर्दै आएको इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ ।

    यस साझेदारीसँगै एनपीएल हेर्न जाने दर्शकले इनड्राइभ एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्नेछन् । चालकले उक्त भाडा स्वीकार गर्न वा अर्को भाडा प्रस्ताव गर्न सक्नेछन् । दुवै पक्षबीच सहमति भएपछि यात्रा गर्न सकिनेछ ।

    इनड्राइभले दर्शकका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निःशुल्क फ्यान सटल सेवा पनि सञ्चालन गर्नेछ । गेट नम्बर २ नजिक रहेको इनड्राइभको पिकअप स्टेसनबाट दर्शकलाई तोकिएको प्रवेशद्वारसम्म पुर्‍याइनेछ ।

    यातायात सुविधासँगै कम्पनीले दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गर्नेछ । दर्शकले मैदानमा राखिने स्टलबाट निःशुल्क स्लोगन कार्ड, चियरिङ स्टिक र फेस स्टिकर पाउनेछन् । साथै, मस्कटसँग फोटो खिच्ने, खेलमा सहभागी हुने र उपहार जित्ने अवसर पनि पाउनेछन् ।

    प्रत्येक खेलमा क्यामेरामार्फत एक जना उत्साही दर्शकलाई ‘कुल फ्यान अफ द म्याच’ घोषणा गरिनेछ । विजेताले इनड्राइभबाट विशेष उपहार पाउनेछन् ।

    इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले एनपीएलसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताइन् । उनले क्रिकेटले देशभरका नेपालीलाई एकताबद्ध गर्ने भन्दै यस सहकार्यले दर्शकलाई उचित भाडामा खेल हेर्न जान र फर्कन सहज बनाउने विश्वास व्यक्त गरिन् ।

    इनड्राइभले यस साझेदारीमार्फत नेपाली खेलकुद क्षेत्र र युवापुस्तासँगको सम्बन्ध अझ बलियो बनाउने लक्ष्य राखेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend