२०८३, कात्तिक १२ गते

images
Logo

Oct 29 2026 | २०८३, कात्तिक १२ गते

images
  • बिहीबार , कात्तिक १२ २०८३

अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमको सेवा नवीकरण गर्न सकिने


सञ्चार डबली
  • बिहीबार , कात्तिक १२ २०८३
  • 814
    SHARES

  • अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमको सेवा नवीकरण गर्न सकिने

    काठमाडौं । कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपबाटै डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन् ।

    यस सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट र आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट र डीटीएच टेलिभिजनको संयुक्त प्याकेज तथा डिसहोम डीटीएच टेलिभिजन सेवा नवीकरण गर्न सक्नेछन् ।

    यो सुविधाले ग्राहकलाई घरमै बसेर सजिलै र छिटो सेवा नवीकरण गर्न सहयोग पुग्नेछ । सेवा नवीकरणका लागि ग्राहकले अन्य विद्युतीय भुक्तानी माध्यमको पनि प्रयोग गर्न सक्नेछन् ।

    डिसहोमले ग्राहकलाई सहज सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्न सकिने व्यवस्था गर्दै आएको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend