२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • बिहीबार , वैशाख ७ २०८०
  • 9.0K
    SHARES

  • images
    एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


    काठमाडौं, बैशाख ७ गते ।  एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । वैशाख १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आज बुक क्लोज गर्दैछ । जसअनुसार, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।  

    कम्पनीले सभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्नेछ ।जसअनुसार सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । 

    कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । हाल एसियन लाइफको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ८.५० प्रतिशत बोनस वितरण भएपछि पुँजी ३ अर्ब १५ करोड रुपैयाँ बढी पुग्नेछ ।
     

  • सम्बन्धित विषय:

  • # एसियन लाइफ इन्स्योरेन्स
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend