२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

तत्काल अर्को गृहमन्त्री नबनाउने, क्लिन चिट लिएर फेरि सुधन नै फर्किने दाबी


सञ्चार डबली
  • बिहीबार , वैशाख १० २०८३
  • 2.9K
    SHARES

  • images
    तत्काल अर्को गृहमन्त्री नबनाउने, क्लिन चिट लिएर फेरि सुधन नै फर्किने दाबी

    काठमाडौं । गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएपछि उनको ठाउँमा को आउँछ भन्ने चर्चा अहिले व्याप्त छ ।

    सामाजिक सञ्जालमा विभिन्न नामहरुबारे अड्कलबाजी पनि भइरहेका छन् । यद्यपि, प्रधानमन्त्री बालेन्द्र साहले तत्काल अर्को गृहमन्त्री नबनाउने दाबी स्रोतहरुको छ । विवादित व्यवसायी दिपक भट्टसँग व्यापारिक साझेदारी रहेको खुलासापछि दबाबमा परेपछि गृहमन्त्रीले राजीनामा दिएका थिए ।

    राजीनामा घोषणा गर्दा लेखेको स्टाटसमा उनले आफूमाथि छानबिनका लागि चुनौति दिएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले सुधनमाथि उठेका विवादबारे छानबिन गर्न समिति बनाउने चर्चा थियो । तर, सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुनाएको तीन बुँदे निर्णयमा यो उल्लेख छैन ।

    मन्त्री गुरुङले प्रधानमन्त्री कार्यालयबाटै स्टाटस लेखेर राजीनामा दिएको सार्वजनिक घोषणा गरेका थिए । त्यसपछि उनी गृह मन्त्रालय गए । त्यहाँ उनले करिब ३ घन्टा बिताए । मन्त्रालयमा उनलाई औपचारिक बिदाई गरिएको थियो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु पनि बिदाईका लागि मन्त्रालय आएका थिए । नेपाल प्रहरीका महानिरिक्षक दानबहादुर कार्कीले मायाको चिनो दिएर बिदाइ गर्दा गुरुङ भावुक देखिए ।

    बिदाइपछि सरकारी गाडी मन्त्रालयमै छोडेर गुरुङ आफ्नै रातो गाडीमा सिंहदरबारबाट निस्किए । गुरुङले हिजै सरकारी निवास छोडेको उनको सचिवालय स्रोतले बतायो ।

    पूर्वगृहमन्त्रीनिकट स्रोतहरु उनी फेरि गृह मन्त्रालयमा फर्किने दाबी गर्छन् । सरकारले गृहमन्त्रीमाथि छानबिन समिति बनाउने र केही दिनमै त्यसले क्लिन चिट दिने उनीहरुको विश्वास छ ।

    गुरुङको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले गृह मन्त्रालय आफैंसँग राख्नुभएको छ । उहाँले अर्को गृहमन्त्री तत्काल नियुक्त गर्नुहुन्न । सुधन गुरुङ नै केही दिनमा फर्किनुहुने छ ।’

    प्रधानमन्त्री निकट स्रोतले भने यसबारे केही पनि बताउन चाहेन । रास्वपाको स्रोतले तत्काल प्रधानमन्त्रीले अर्को गृहमन्त्री नबनाए पनि सुधनले नै कमब्याक गर्ने ग्यारेन्टी भने नरहेको बतायो ।

    ‘छानबिनबाट निर्दोष भेटिनुभयो भने उहाँ आउन पनि सक्नुहोला । दोषि देखिनुभयो भने त आउने कुरा भएन । अहिले चाहिँ गृहमन्त्री अर्को नबनाइहाल्ने कुरा छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend