२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गरे संसद् अधिवेशन स्थगित


सञ्चार डबली
  • बिहीबार , वैशाख १० २०८३
  • 1.9K
    SHARES

  • images
    सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गरे संसद् अधिवेशन स्थगित

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन स्थगित गरेको जानकारी दिएका छन् । 

    सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । 

    सरकारले स्थगित गर्न पठाएको पत्रमा अधिवेशन कहिले आह्वान गर्ने भन्ने मिति उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।  मन्त्रिपरिषद्ले राष्ट्रपति पौडेललाई पठाएको पत्रमा अधिवेशन विशेष कारणले स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।

    patra_rEsW0Ego4s.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend