२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आइजिपीसहित सुरक्षा निकायका अधिकारीहरूसँग मध्यरातसम्म गृहमन्त्रीले गरे छलफल


सञ्चार डबली
  • बुधबार, वैशाख ९ २०८३
  • 2.9K
    SHARES

  • images
    आइजिपीसहित सुरक्षा निकायका अधिकारीहरूसँग मध्यरातसम्म गृहमन्त्रीले गरे छलफल

    काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।मंगलबार राति गृहमन्त्री गुरूङले गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग लामो छलफल गरेका हुन्।

    झन्डै ५ घन्टासम्म चलेको छलफल राति करिब ११ बजे सकिएको थियो।छलफलबाट बाहिरिने क्रममा गृहमन्त्री गुरूङलाई पत्रकारहरूले  के विषयमा छलफल भएको भनेर सोधेका थिए।

    जबाफमा उनले ' अब पछि भनौला' भनेर मन्त्रालयबाट बाहिरिएका थिए।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आफू यो विषयमा नबोल्ने बताए। 'ती विषयमा मैले बोल्न मिलेन,' उनले सेतोपाटीसँग भने।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend