२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गृहमन्त्री सुधन गुरूङसँग प्रधानमन्त्री बालेन शाहले लिए लिखित स्पष्टीकरण


सञ्चार डबली
  • मंगलबार, वैशाख ८ २०८३
  • 2.4K
    SHARES

  • images
    गृहमन्त्री सुधन गुरूङसँग प्रधानमन्त्री बालेन शाहले लिए लिखित स्पष्टीकरण


    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन्। सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि प्रश्न उठेको थियो।गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका थिए।

    प्रधानमन्त्री बालेन शाहको पनि यसबारे ध्यानाकर्षण भएको उनको सचिवालयले जानकारी दिएको छ। गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्रीलाई यसबारे लिखित स्पष्टीकरण बुझाएको बताएको छ।

    ‘प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो। गृहमन्त्री सुधन गुरूङले सार्वजनिक रूपमा नै स्पष्टीकरण दिइसक्नुभएको छ। विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीबाट सेयर खरिद गरेको विषयमा प्रश्न उठेकाले गृहमन्त्रीले प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण दिनुभएको छ,’ गृहमन्त्रीको सचिवालयले भन्यो। सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend