२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन


सञ्चार डबली
  • मंगलबार, वैशाख ८ २०८३
  • 2.6K
    SHARES

  • images
    दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

     

    काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थामा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  

    उनले विश्वविद्यालय र प्रतिष्ठानमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडानसहित दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बेलुका देशभरिका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग साढे तीन घण्टासम्म समसामयिक विषयमा छलफल गरेका थिए । 

    त्यस क्रममा उनले राजनीतिक दलसँग आबद्ध विद्यार्थी तथा कर्मचारी सङ्गठनहरूको संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने जानकारी गराए। प्रधानमन्त्री शाहले अस्पताल, क्याम्पस, विद्यालय जस्ता संस्थामा राजनीति गर्ने वा कुनै पनि दलको झण्डा, प्रभाव वा सङ्गठन राख्न नहुनेमा जोड दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend