२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , चैत २६ २०८२
  • 1.7K
    SHARES

  • images
    नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता

    काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी सुधारका उपायहरूबारे विस्तृत छलफल गरेको छ।

    छलफलका क्रममा अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्र हाल शीथिल अवस्थामा रहेको उल्लेख गर्दै आवश्यक नीति–नियममा सुधार गरेमा सरकारको राजस्व र रोजगारीमा वृद्धि हुने विश्वास व्यक्त गरे। उनले सीकेडी उद्योगले रोजगारी सिर्जना गर्ने भएकाले कम्पोनेन्ट उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने र आवश्यक कच्चा पदार्थ आयातमा छुटको व्यवस्था हुनुपर्ने सुझाव दिए।

    उक्त अवसरमा उप्रेतीले नेपालमै उत्पादन भइरहेका अटोमोबाइल वस्तुको गुणस्तर मापनका लागि आवश्यक यन्त्रको अभावले व्यवसायीहरूले सामना गरिरहेका चुनौतीहरूलाई समेत उजागर गरे।

    नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन आवश्यक रहेको बताउँदै, यसले सवारी साधनको बिक्रीमा वृद्धि गर्ने र सरकारको राजस्व संकलनमा पनि योगदान पुर्याउने बताए।

    विशिष्ट सल्लाहकार रजनबाबु श्रेष्ठले अटोमोबाइल उद्योगलाई अझ उच्च प्राथमिकतामा राख्नुपर्ने र वर्तमानमा सवारी साधनलाई विलासी वस्तुमा वर्गीकरण गर्ने नीति पुनरावलोकन गर्नुपर्ने सुझाव दिए। साथै, भारतमा जीएसटी घटेसँगै चोरी निकासी बढेको कारण सीमा क्षेत्रमा कडाइ गर्नु पर्ने बताए।

    महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतिय सवारी साधनको पिक पावर मापनबारे उठेका प्रश्नहरूको समाधानमा नाडा सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए।

    उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल पनि उपस्थित थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend