काठमाडौं । केयी गाडीका लागि नेपालको आधिकारिक विक्रेता Laxmi E-Mobility Pvt. Ltd.र G.O. Automobiles Pvt. Ltd.ले नेपाली नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा तीन दिने “Kaiyi Exchange Camp” सञ्चालन गर्ने घोषणा गरेका छन्। ग्राहकहरूलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन अपग्रेड गर्ने अनुभव प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
यो एक्सचेन्ज कर्निभल अप्रिल १० देखि अप्रिल १२, २०२६ (२०८२ चैत २७ देखि २९ गते) सम्म देशभरिका आधिकारिक केयी शोरूमहरूमा आयोजना हुनेछ। यस प्लेटफर्म मार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधनहरू साटि नयाँ केयी मोडलका गाडीहरू खरिद गर्न सक्नेछन्।
काठमाडौंको हकमा, यो कार्यक्रम थापाथली (केयी शोरूम नजिकै) विहान १०:०० बजे देखि ६:०० बेलुकीसम्म संचालन हुनेछ। आगन्तुकहरूले लाइभ फूड स्टलहरू मनोरञ्जनात्मक गतिबिधिहरूका साथ उत्सवमय वातावरणको आनन्द लिन सक्नेछन् जसले ग्राहक र उनीहरूका परिवारका लागि यो अनुभवलाई थप रोचक बनाउनेछ।
नेपालमा किफायती Value-for-money सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न र आधुनिक मोबिलिटीमा पहुचँँ सहज बनाउन यो अभियान सुरु गरिएको हो।
यस योजना अन्तर्गत ग्राहकहरूले निम्न सुबिधाहरू प्राप्त गर्न सक्नेछन:
• नयाँ वर्ष विशेष नगद फाइदा
• आकर्षक एक्सचेन्ज बोनस
• उत्कृष्ट सवारी मूल्याङ्कन
• फाइनान्सिङ सुविधाहरू
• अटो विमा
• ७ किलोवाट (7kW) वा ३ किलोवाट (7kW) चार्जरका विकल्पहरू
• प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी (Dusit Thani), धुलिखेलमा एक रातको नि:शुल्क प्याकेज
यस कार्यक्रममा ग्राहकहरूले केयीका मोडेलहरू जस्तै Kaiyi e-Qute 02, Kaiyi e-Qute 04, र Kaiyi X3 Pro EV
लगायतका इलेक्ट्रिक र कम्प्याक्ट सहरी मोडलहरूको बारेमा जानकारी लिन र अवलोकन गर्न सक्नेछन्।
थप जानकारीका लागि ग्राहकहरूले ९८०१२०२००० वा ९८०१२०११०३ मा सम्पर्क गर्न सक्नुहुनेछ।
के यी (Kaiyi) नेपालको बारेमा:
चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको Kaiyi Auto एक विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी उत्पादक कम्पनी हो र यो Cherry को सहायक ब्रान्ड हो। नेपालमा केयी अटोले सन् २०२४ मा आधिकारिक बिक्रेता Laxmi E-Mobility Pvt. Ltd.र G.O. Automobiles Pvt. Ltd. मार्फत औपचारिक प्रवेश गरेको हो। नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसारका किफायती र गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउँदै यसले बजारमा आफ्नो बलियो उपस्थिति बनाउदैआएको छ। केयीको नेपालभर विस्तारित बिक्री र सेवा नेटवर्क छ, जसले ग्राहकहरूलाई भरपर्दो After-sales सेवा सुनिश्चित गर्दछ।


