२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कालंगा हाइड्रोको आइपीओ बाँडफाँट


सञ्चार डबली
  • शुक्रबार, चैत २० २०८२
  • 3.8K
    SHARES

  • images
    कालंगा हाइड्रोको आइपीओ बाँडफाँट

    काठमाडौं ।  कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८४ हजार ३०८ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल ११ लाख ३० हजार ८०० कित्ताका लागि आवेदन परेको थियो ।

    मागभन्दा ३.२३ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत बाँडफाँट गरेको हो। जसमध्ये ३५ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस आईपीओको निष्कासन तथा व्यवस्थापन सानिमा क्यापिटलले गरेको हो।

    बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend