२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बादललाई दलको नेता बनाउन ओलीको निर्देशन


सञ्चार डबली
  • बुधबार, चैत १८ २०८२
  • 4.0K
    SHARES

  • images
    बादललाई दलको नेता बनाउन ओलीको निर्देशन


    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आज संसदीय दलको नेता चयन गर्दैछ । यसका लागि दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बस्ने तय भएको छ ।

    पार्टी स्रोतका अनुसार अध्यक्ष ओलीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संसदीय दलको नेतामा अघि सार्ने चाहना व्यक्त गरेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनलाई भेट्न पुगेका नेताहरूसँग ओलीले बादललाई नेता बनाउन निर्देशन दिएको बताइएको छ ।

    यद्यपि, दलभित्र यस विषयमा एकमत देखिएको छैन । केही पदाधिकारी र सांसदहरूले नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै फरक धारणा राखेका छन् ।

    एक सांसदका अनुसार संसदीय दलको नेता को हुने भन्ने विषय अझै टुंगो लागेको छैन र अध्यक्षको चाहना भए पनि बहुसंख्यक नेताहरू नयाँ अनुहारको पक्षमा देखिएका छन् । त्यस्तै, एक उपाध्यक्षले पनि बादलको नाममा अझै सहमति नबनेको संकेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend