२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्रले भने– काममा अलमल नगर्नू, अप्ठेरो परे मलाई भन्नू


सञ्चार डबली
  • आइतबार, चैत १५ २०८२
  • 4.9K
    SHARES

  • images
    मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्रले भने– काममा अलमल नगर्नू, अप्ठेरो परे मलाई भन्नू

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूलाई एक्लाएक्लै बोलाएर काम गर्दा परेको अप्ठेरोबारे जानकारी लिएका हुन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले काम गर्दा कुनै समस्या परेको भए सिधै आफूलाई भन्नु भनेका छन्।

    ‘प्रधानमन्त्रीले आज बोलाउनुभएको थियो, काम कस्तो भइरहेको छ भनेर सोध्नुभयो,’ ती मन्त्रीले भने, ‘केही अप्ठेरो परेको भए मलाई भन्नु। राम्रो काम गर्नु भनेर भन्नुभयो।’ सय दिनमै परिणाम देखिनेगरी काम गर्नुपर्ने भएकोले अलमल नगरी फटाफट काम गर्न प्रधानमन्त्रीले मन्त्रीलाई भनेका छन्। 

    ‘हामीले मन्त्रालय समालेको एक दिन भइसकेको छ, लगभग सरकारी कर्मचारीको सहयोगको विषयमा बुझ्न उहाँले सबै मन्त्रीलाई छुट्टा छुट्टै बोलाउनुभएको रहेछ,’ ती मन्त्रीले थपे, ‘के काममा अप्ठेरो छ, त्यसलाई म समाधान गर्छु तर, आफ्नो जिम्मेवारीमा पाएको कामलाई प्राथमिकता दिएर लाग्नू भनेर प्रधानमन्त्रीले भन्नुभयो।’  

    शुक्रबार प्रधानमन्त्री बालेनसँगै १५ जना मन्त्रीहरूले शपथ खाएका थिए। सोही दिन उनीहरूले पदबहाली गरेका थिए। शुक्रबार नै प्रधानमन्त्री बालेनले सचिवहरूलाई मन्त्रीहरूलाई पूर्णरुपमा सहयोग गर्न निर्देशन दिएका थिए।

    सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले सयवटा शासकीय सुधारको कार्यसूची पारित गरेको थियो। प्रधानमन्त्री बालेनले सबै मन्त्रीलाई कामको रफ्तार बढाउन निर्देशन दिएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend