२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जगदम्बा मोटर्सद्वारा TVS ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु


सञ्चार डबली
  • बिहीबार , चैत १२ २०८२
  • 3.2K
    SHARES

  • images
    जगदम्बा मोटर्सद्वारा TVS ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु

    काठमाडौं - जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल’ सुरु गरेको छ ।

    चैत ११ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन दिनमै ५ सयभन्दा बढी आगन्तुकको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले टीभीएसका दुईपाङ्ग्रे सवारीहरूको अवलोकन, टेस्ट राइड तथा पुराना बाइक साट्ने एक्सचेन्ज विकल्पको मूल्यांकन गरेका थिए भने फाइनान्स योजनाबारे जानकारी लिन परामर्श काउन्टर पनि व्यवस्था गरिएको थियो ।

    कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल र कार्यकारी निर्देशक अखिल गुप्ताको उपस्थितिमा सम्पन्न भएको थियो। साथै टीभीएस मोटर कम्पनीका कन्ट्री हेड अश्विन श्रीनिवासन, ब्रान्ड एम्बेसडर प्रदीप खड्का, राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल तथा विभिन्न इन्फ्लुएन्सरहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल, एक्टिभेसन, फूड स्टल तथा निरन्तर टेस्ट राइडजस्ता गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

    कार्निभलमा ग्राहकका लागि ८ हजार रुपैयाँ भ्यालु एडिसन, ७ हजार रुपैयाँ नगद छुट तथा ३,७१० रुपैयाँबाट सुरु हुने इएमआई सुविधा उपलब्ध गरिएको छ। साथै ५० भन्दा बढी रिकन्डिसन्ड बाइक कम्पनीहरूको सहभागितासहित प्रतिस्पर्धात्मक एक्सचेन्ज मूल्यांकन पनि गरिनेछ। आयोजकका अनुसार कार्यक्रम अवधिभर नयाँ बाइक तथा स्कुटर मोडल सार्वजनिक गर्ने योजना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend