२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

देश श्रम र पसिनाले चल्छ: अध्यक्ष साम्पाङ


सञ्चार डबली
  • शनिबार, माघ १० २०८२
  • 4.3K
    SHARES

  • images
    देश श्रम र पसिनाले चल्छ: अध्यक्ष साम्पाङ

    कर्णाली । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुक भ्रम वा विदेशी इशाराले होइन, श्रम र पसिनाले मात्र चल्ने बताएका छन्। पार्टीको प्रदेशस्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न आज सुर्खेत आइपुगेका साम्पाङले इमान्दार नेतृत्व र श्रम संस्कृतिको महत्वमा जोड दिए।

    उनले भ्रष्टाचार र बेतिथि विरुद्ध १५ वर्षदेखि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै भने, “मैले सत्य लुकाएर बोल्न जानेको छैन।” साम्पाङले विदेशी प्रभावमा देश चलिरहेको आरोप लगाउँदै माटोप्रतिको भावनासहित श्रम गर्न सक्ने नेतृत्व मात्र देश निर्माणमा सक्षम हुने दाबी गरे।

    पार्टी, धर्म र जातका नाममा हुने विभाजन अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले श्रम संस्कृति भाषण नभई ससाना कामबाट सुरु हुने संस्कार भएको बताए। काम नगर्ने प्रवृत्तिका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरु नै देशका आधारस्तम्भ हुने प्रतिक्रिया दिए।

    पुराना दलहरूले विद्यमान समस्या समाधान गर्न नसक्ने भन्दै उनले सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरणका लागि श्रम संस्कृति पार्टीलाई समर्थन गर्न आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend