२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेकपा एमाले सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसुची


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 9.4K
    SHARES

  • images
    नेकपा एमाले सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसुची

     

    काठमाडौं, ३० असार । आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

    सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भईरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाईएको हो । बैठकले सांगठानिक संरचना, केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा अन्य बिषयमा छलफल गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend