२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मलेखु–मुग्लिङ सडकखण्ड सुचारु


सञ्चार डबली
  • सोमबार, असोज १२ २०८३
  • 495
    SHARES

  • images
    मलेखु–मुग्लिङ सडकखण्ड सुचारु

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको हुग्दी खोला नजिक पानीधारामा खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ ।

    हिजो बेलुकी करिब ६ बजे ठूला चट्टानसहित पहिरो खसेपछि अवरुद्ध भएको सडक आज बिहान पहिरो पन्छाउने काम सम्पन्न भएसँगै सञ्चालनमा आएको हो ।

    यद्यपि धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेउ भासिएका कारण ती स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको नागढुङ्गा–मुग्लिङ सडक आयोजनाले जानकारी दिएको छ । यसअघि लगातारको वर्षाका कारण मलेखु–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो र सडक भासिने समस्या देखिएको थियो ।

    त्यस्तै आयोजनाले वर्षा रोकिए पनि पहिरो झर्ने जोखिम कायमै रहेकाले कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा तथा हुग्दी खोला–जवाङ खोला क्षेत्रमा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    आयोजनाले सवारी चालकलाई तोकिएको गतिसीमा कायम राख्न, लेन अनुशासन पालना गर्न, जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्दै संयमित र सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend