काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १६.४७ अंकले घटेर २ हजार ६ सय १३.३३ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय २३ कम्पनीको घटेको छ ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ का लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा हाथवेका लगानीकर्ता रहेका छन् । यसको सेयर मूल्य १०.५८ प्रतिशतले घटेको छ ।


