काठमाडौ, २८ असार । गाँजा उत्पादनबारे अध्ययन प्रतिवेदन तयार भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताएका छन् । आजको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा कानूनमन्त्री गुरुङले गाँजाखेतिको सम्भावना र निकासी पैठारीबारे ठोस अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिएका हुन् ।
कानूनमन्त्री गुरुङले भने, ‘गाजा जन्य पदार्थको उत्पादन, विक्रि वितरण निकास पैठारी, ओसार पसार भण्डारण तथा उपयोग गर्ने व्यवस्था गर्ने र सोबाट समाजमा पर्न गएको सकारात्मक तथा नकारात्मक असर तथा अन्तराष्ट्रिय अभ्यास समेतको आधारमा नेपाल कानुनको आयोगबाट अध्ययन प्रतिवेदन तयार भई आवश्यक कारवाहीको लागि प्रतिवेदन गृहमन्त्रालयमा पठाईसकेको छ । ’
विभिन्न अदालतमा रिक्त न्यायधिश पदपूर्तिको लागि आवश्यक पहल भइहरेको कानूनमन्त्री गुरुङको भनाई छ । छिटो छरितो न्याय सम्पादनको लागि मुद्दा व्यवस्थापनको अतिरिक्त कार्यविधी कानूनमा सुधार हुनुपर्ने उनको भनाई छ।


