२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन हुन्छ : मन्त्री भण्डारी


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 11.6K
    SHARES

  • images
    प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन हुन्छ : मन्त्री भण्डारी

     

    काठमाडौ, २८ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी परिर्वतन गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भण्डारीले सूचिकृति बेरोजगार नागरिकलाई श्रम बजारको माग अनुसारको सीप र क्षमता विकास गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्न लागिएको बताए।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरेर श्रम बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने तयारी सरकारको रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचिकृत बेरोजगार व्यक्तिहरुलाई श्रम बजारको माग अनुसारको सीपमूलक तालिम प्रदान गरी दक्ष बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ ।’

    त्यस्तै उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुसारको दक्ष जनशक्ति निर्माण गर्न वैदेशीक रोजगार बोर्डले केही विद्यालयहरुमा सीप विकासको पाठ्यक्रम तयार गरी कमाउँदै र पढ्दै काम गर्ने खालको पाईलट प्रोजेक्टको रुपमा तालिम दिन लागिएको जानकारी पनि गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend