२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संघीयताको कार्यान्वय सबैको दायित्व हो : अमनलाल मोदी


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 9.0K
    SHARES

  • images
    संघीयताको कार्यान्वय सबैको दायित्व हो : अमनलाल मोदी

    काठमाडौ, २८ असार । संघीयताको कार्यान्वय सबैको दायित्व भएको संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन् । आजको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले संघीयता कार्यान्वयनको सवालमा धेरै नै आरोप प्रत्यारोप हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    उनले भने, ‘संघीयता अभ्यासको शिलशीलामा हामी एक अर्कालाई धेरै नै शंका, गाली गलौच गर्ने काम गरिरहेका छौ । यो प्रश्नको जवाफ मैले मात्र दिएर हुन्छ ? त्यसमा त सबै राजनीतिक दल सम्बन्धित निकाय सबैको साझा मुद्दा हो । एउटा मात्र मन्त्रालयको कुरा होईन ।

    उनले ’१ लाख ३७ हजार कर्मचारीलाई समायोजन गरेर संघमा ५३ हजार राखेर बाँकी सबै समायोजन गरिएको भन्दै अझै पनि पहाडि र दुर्गम क्षेत्रमा कर्मचारी अभाव रहेको जिकिर गरेका छन् । उले सुगम ठाउँमा भने अनावश्यक रुपमा करारमा समेत कर्मचारी थोपर्ने काम भएको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend