२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पेट्रोलियम पदार्थको माग धान्ने गरी भण्डार क्षमता विस्तार भइरहेको छ : मन्त्री रिजाल


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 9.5K
    SHARES

  • images
    पेट्रोलियम पदार्थको माग धान्ने गरी भण्डार क्षमता विस्तार भइरहेको छ : मन्त्री रिजाल

    काठमाडौं, २८ असार । पेट्रोलियम पदार्थको माग धान्ने गरी भण्डार क्षमता विस्तार भइरहेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले बताएका छन् । आज बसेको राष्ट्रिय सभाको बैठक अन्र्तगत मन्त्रालयगत छलफलमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री रिजालले, आपूर्तिधान्ने गरी भण्डारण क्षमता विकासको काम भइरहेको बताए ।

    त्यस्तै उनले, जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नभएको बताए । त्यस्तै जडिबुटी प्रशोधन तथा सिमान्तकृत समुदायको सीपविकासका लागि आवश्यक काम भइरहेको उनले बताए । ‘जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न दार्चुलाको इमारमा गाउपालिका र जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न विरेन्द्र नगरपालिकासंगको समझदारी पत्रमा हस्ताक्षर भई रकम समेत हस्तान्तरण भएको छ ।

    ’ उनले भने ‘ सिमान्तकृत महिला दलित मधेसी, आदिवासि जनजाती उद्यमीहरुरुको लागि मागमा आधारित बीउ पुँजीमा सहयोग गर्न १ करोड र अति विपन्न सिमान्तकृत लोपोन्मुर र अपाङग तथा एकल महिलाको लागि सीप विकास तथा प्राविधिक सहयोग गर्न २ करोड १० लाख विनियोजन गरिएको छ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend