२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

स्वास्थ्य वीमामा रहेको वेथिति हटाउने हिसाबले काम अघि बढाइएको छः स्वास्थ्य मन्त्री बस्नेत


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 8.3K
    SHARES

  • images
    स्वास्थ्य वीमामा रहेको वेथिति हटाउने हिसाबले काम अघि बढाइएको छः स्वास्थ्य मन्त्री बस्नेत

     

    काठमाडौ, २८ असार । स्वास्थ्य वीमा मूल मन्त्र रहेपनि यस्मा ठूलो विकृति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले स्वास्थ्य वीमामा रहेको वेथिति हटाउने हिसाबले काम अघि बढाइएको बताए ।

    उनले भने ‘ स्वास्थ्य वीमा मूल मन्त्र हो तर यसमा पनि वेथिति छ । यति सम्म छ कि १ लाख पाउनु छ भने १ लाख रुपैयाँको पे्रप्कृप्सन दिएर पैसा असुल्ने अवस्था छ । थिति बसाल्न नियम कानून भित्र रहेर कार्य अगाडि बढाईरहेका छौं । स्वास्थ्य वीमा भ्रष्टाचारको अखडा र वेथिति बन्न नसकोस भन्ने हिसावले कार्य गरेका छौं ।

    ’ आफूले मन्त्रालय सम्हाल्ने बेला राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको जानकारी उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend