२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको छैन : परराष्ट्र मन्त्री साउद


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 9.5K
    SHARES

  • images
    नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको छैन : परराष्ट्र मन्त्री साउद

     

    काठमाडौ, २८ असार । नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित नभएको परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले स्पस्ट पारेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले नेपालले अन्तर्राष्ट्रिय मामिलामा निर्वाह गर्दै आएको असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको भन्दै सांसदहरुले प्रश्न गरेका थिए ।

    सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै साउदले नेपालको संविधानले तय गरेको परराष्ट्र नीति सञ्चालनका मूलभूत आधारमा नै असंलग्न परराष्ट्र नीति रहेको र सोहि नीति अनुसार नै विचलित नभई चल्ने जानकारी गराए । उनले भने, ‘गुण र दोषको आधारमा अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण,निष्पक्ष,उत्तरदायी र सहयोगात्मक बनाउने नेपालको कुटनीतिक प्रयास उन्मुख छ ।’

    उनले अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा नेपालले लिएको स्वतन्त्र ,निष्पक्ष ,सन्तुतिल तथा बस्तुनिष्ठ नीतिकै कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता र सम्मान आर्जन गरेको भन्दै नेपालले असंलग्न परराष्ट्र नीतिको अबलम्बन अटुट रुपमा गरिरहने प्रतिबद्धता जनाए ।

    हालै अजरबैजानको बाँकुमा सम्पन्न मन्त्रीस्तरीय नन अलाइनमेन्ट मुभमेन्टमा सम्बोधन गर्दा असंलग्न आन्दोलनको महत्व र सान्र्दभिकतालाई थप उजागर गर्न नेपालको प्रतिबद्धता जाहेर गरेर आएको भन्दै उनले भने, ‘मैले हालै सम्पन्न उक्त भ्रमणमा पनि विश्वका जल्दाबल्दा राजनीतिक तथा आर्थिक मुद्दाको समाधानका लागि असंलग्न आन्दोलनमा आवद्ध सदस्य राष्ट्रहरुको ऐक्यवद्धता र सहकार्यमा जोड दिएको थिए । तसर्थ असंलग्न परराष्ट्र नीतिको अबलम्बन तर्फ नेपालको प्रतिबद्धता अटुट रहेको स्पस्ट पार्छु ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend