२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यसुची


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 8.4K
    SHARES

  • images
    प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यसुची


    काठमाडौ, २८ असार । आज प्रतिनिधिसभा अन्तर्गतका तीन समितिहरूको बैठक बस्दै छन् । संसद सचिवालय सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृति स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

    कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठक बिहान ११ः ३० बजे समितिको सभा हलमा बस्ने छ । बैठकमा भूमि व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधानका विषयमा छलफल हुनेछ ।

    त्यस्तै, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक पूर्वाधार समितिको सभाहलमा बस्ने छ । आजै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्थाका विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend