२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विद्येयक पारित गरिने


सञ्चार डबली
  • बिहीबार , असार २८ २०८०
  • 9.4K
    SHARES

  • images
    राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विद्येयक पारित गरिने

    काठमाडौं, २८ असार । आज बिहान १० बजे राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा विनियोजन विद्येयक २०८० पारित हुँदैछ ।

    जसअनुसार आजको बैठकमा विनियोजन विद्येयकमाथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

    त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विद्येयक २०८० लार्य पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend